• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानन्यायाधीशको भागमा पर्यो यस्तो, को बन्दैछन् मन्त्री ?

    777
    SHARES


    काठमाडौं । अन्ततः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भाग छुट्टिएको छ । मन्त्रिपरिषद्‍मा जवराले भागवण्डा पाएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको स्रोतले पुष्टि गरेको छ । उनी नेपालगञ्जका पुराना कांग्रेसी नेता हुन् । उनी सपथ खान नेपालगन्जबाट काठमाडौं आइसकेका थिए ।

    हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी छ । हमाल वा कुनै अज्ञात प्रतिनिधिलाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाजस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको पनि सम्मति छ ।

    ‘नेताहरू प्रधानन्यायाधीशप्रति कृतज्ञ देखिनुहुन्छ, अझ नेकपा (एस) दर्ता सम्बन्धी विवादलगायत सरकारलाई अप्ठ्यारो पार्न सक्ने अन्य मुद्दा पनि सर्वोच्च अदालत जान सक्ने भएकाले प्रधानन्यायाधीशलाई चिढ्याउन हुँदैन भन्नेमा उहाँहरू संवेदनशील हुनुहुन्छ,’ कांग्रेसकै असन्तुष्ट एक नेताले भने ।

    गठबन्धन कार्यदलमा रहेका एक सदस्यका अनुसार सुरुमा दुई मन्त्रालय छुट्याउनुपर्छ भन्ने दबाब थियो । सत्ता गठबन्धन दलहरूभित्र मन्त्रीका आकांक्षी धेरै हुनाले व्यवस्थापन गर्ने चुनौती भएपछि एउटा मात्र मन्त्रालयमा टुंगो लागेको हो ।

    ‘कोटा कुन दलबाट घटाउने विवादले मन्त्रिपरिषद् विस्तारमा समेत ढिलाइ भयो । अन्तिममा देउवाको जोडबलमा एउटा मन्त्रालय साझा रूपमा छुट्याएर २० मन्त्रालय भागबन्डा गरिएको हो,’ उनले भने । हमालको ठाउँमा सुरुमा अदालतकै बिचौलियाका रूपमा परिचित दीपक तिमिल्सिनालाई मन्त्री बनाउन प्रस्ताव गरिएको थियो ।

    ‘आईटी क्षेत्रमा सक्रिय उनको स्वार्थअनुकूल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दाबी आएको थियो । उनको पृष्ठभूमिले विवाद चर्किएपछि हमालको नाम अघि सारिएको हो । विगतमा कांग्रेसका जिल्लास्तरीय नेतासमेत भएकाले हमालका नाममा प्रधानमन्त्रीले सहज ठान्नुभएको छ ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ