• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    संसद्‌मा आज पनि एमालेको अवरोध

    791
    SHARES


    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए । उनले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गरेका थिए । उनले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह गर्दै बैठक सञ्चालनका लागि सहयोग गर्न पनि अनुरोध गरेका थियो ।

    संसद्मा नियमित अवरोधका कारण सभाले गर्नुपर्ने महत्वपूर्ण कार्य प्रभावित भएको भन्दै सभामुख सापकोटाले जनसरोकारका विषयलाई ध्यान दिन सदनलाई सुचारु गर्नुपर्नेमा जोड दिएका थिए । नेकपा (एमाले) ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधि सभाको अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया