• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    अन्तिममा आएर यसकारण खोसियो मेटमणीको मन्त्री पद

    1.2K
    SHARES


    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीको पद अन्तिम समयमा आएर खोसिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनलाग्दी भनेपछि उनको मन्त्री पद खोसिएको बुझिएको छ।

    मन्त्रालय भागबण्डाका विषयमा चौधरीले देउवालाई गाली गरेका थिए । चौधरीले गाली गरेको थाहा पाएका प्रधानमन्त्री देउवाले यस्ता मान्छेलाई आफ्नो क्याविनेटमा नराख्ने अध्यक्ष माधव नेपाललाई भनेपछि रातारात उनको नाम काटिएको बुझिएको छ ।

    त्यस्तै, नेपालको सनातन हिन्दू धर्मविरुद्ध अभिव्यक्ति दिएर चर्च बनाउन राज्यको ढुकुटीबाट लाखौं खर्च गर्दै आएको विषयले पनि उनी मन्त्री बन्ने नेताहरुको सूचीबाट आउट भएका हुन् ।

    नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने चर्चामा रहेका चौधरीको नाम अन्तिममा काटिएको छ । दाङको १ नम्बर निर्वाचनबाट प्रतिनिधिसभा सांसद बनेका मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीको लागि चर्च निर्माण गर्न १० लाख रुपैयाँ खर्च गरेका थिए ।

    निर्वाचन क्षेत्रका लागि सांसदको योजनामा खर्च गर्न मिल्ने राज्यको ढुकुटीको रकमलाई पूर्वाधार विकास कोषमार्फत् सांसद चौधरीले चर्च निर्माणमा लाखौं खर्च गरेका हुन् ।

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोड रुपैयाँमध्ये सांसद चौधरीले लमही नगरपालिका–६ खैरीमा १० लाखको चर्च निर्माण गराएका थिए ।

    नेकपा एमाले विभाजन गर्न समेत सांसद चौधरीले सक्रियता देखाउँदै चर्का अभिव्यक्ति दिँदै आएका थिए । कट्टर हिन्दुवादी प्रधानमन्त्री देउवालाई यो विषय पनि मन परेको थिएन् ।

    सांसद चौधरीले काठमाडौंका नेवार समुदायको आस्थामा आँच आउने गरी गुठीका विषयमा र पशुपतिनाथ मन्दिरका विषयमा समेत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । तर उनले क्रिस्चियन धर्मलाई फाइदा पुर्‍याउने काम पनि गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया