• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री बनेको तीन महिनामा आज मन्त्रिपरिषद् विस्तार गर्दै देउवा

    431
    SHARES


    काठमाडौँ । आफू प्रधानमन्त्री बनेको तीन महिनामा शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । कुनै अप्रत्यासित घटनाक्रम विकसित नभए गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।

    बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रीय कि फिर्ता भन्ने विवादले शुरुवातमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएकोमा पछिल्लो पटक मन्त्रालय भागवण्डाले गठबन्धनमा सकस भएको थियो ।

    मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री पाउने भएपछि उसको असन्तुष्टि हटेको छ । समाजवादीलाई शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय दिइएको छ ।

    जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहितका मन्त्रालय पाएको छ ।

    नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले ८८ दिनसम्म पाँच मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार चलाउदै आएका थिए ।

    त्यस्तै प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहने भएको छ । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी विभाजनकोम मतियार बनेको आरोप लगाउदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

    संसद बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया