• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने, सूचीसहित

    233
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ ।

    विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो । नेकपा एसले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउनेछ ।

    सरकारमा सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ । स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    महासचिव बेदुराम भुसालको संयोजकत्वमा आज गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक भोलि बस्ने भएको छ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । उनले भोलि सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

    यस्तै बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार उपमहासचिव खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासी रहेका छन् ।

    यस्तै बैठकले केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि भोलि केन्द्रीय सचिवालयले नामावली टुङ्गो लगाउने उनले बताए । भोलि केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाएपछि पर्सीसम्ममा नाम सार्वजनिक गर्ने उनको भनाइ छ । नेकपा (एकीकृत समाजवादी)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

    पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । उनका अनुसार ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राखिने भएको छ ।

    यस्तै केन्द्रीय विभाग २५ सदस्यीय, जिल्ला कमिटी १०१ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी राख्ने निर्णय गरिएको छ । बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी गठन गरेको छ ।

    महासचिव बेदुराम भुसालको संयोजकत्वमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेको केन्द्रीय कार्यालयसमेत गठन गरिएको छ ।

    प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए । बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको छ । उनले प्रदेश नं १ र वाग्मती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया