• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    अन्तिममा समयमा आएर रामकुमारी झाँक्रीलाई धोका

    809
    SHARES


    काठमाडौँ । नेकपा एमाले विभाजन गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकी रामकुमारी झाँक्रीको नाम मन्त्रीको लिष्टबाट काटिएको छ । पार्टी काममा सक्रिय हुन पर्ने भन्दै उनको नाम मन्त्रीको लिष्टबाट हटाइएको हो ।

    उनको नाम हटाउनमा नेपाली सेनाको भुमिका पनि उत्तीकै रहेको बुझिएको छ । उनलाई नेकपा एकीकृत समाजवादी पार्टीले रक्षा मन्त्री बनाउँन खोजे पछि नेपाली सेनाले चासो दिएको छ ।

    नेपाली सेनाको उच्च स्रोतदिएको जानकारी अनुसार झाँक्रीलाई रक्षामन्त्री मान्न नसकिने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसम्म पुर्याइसकेको छ ।

    तल्लो स्तरको अभिव्यक्ति दिने मान्छे भएकाले र रक्षा मन्त्रालयको गरिमा धान्न सक्ने ओजको व्यक्तित्व झाँक्रीमा नभएको भन्दै सेनाले रक्षामन्त्रालयको चाबी उनलाई नदिन भित्रभित्रै दवाव बढाएको छ ।

    यस अघि पनि सेनाको इच्छा विपरितको मान्छे रक्षामन्त्री बन्दा टसल देखिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले समेत इश्वर पोखरेललाई हटाएर रक्षा मन्त्रालय आफैँ सँग राखेका थिए ।

    सेनाले प्रधानमन्त्री भन्दा बाहेकका मन्त्री सँग डिल गर्न खासै रुचि नराख्ने विगत रहेको छ । रक्षा मन्त्री बनाउँदा पनि हाइप्रोफाइलको मान्छेलाई बनाउँनु पर्ने सेनाको माग छ ।

    अहिले नेकपा एसबाट मन्त्री बन्न चर्चामा आएका अनुहारहरु कोहि पनि रक्षामन्त्री बन्न लायक नभएको भन्दै सेनाले बेलैमा विचार पुर्याउँन प्रधानमन्त्री देउवाको कान फुकिसकेको उच्च स्रोतले बतायो ।

    सेनाको सन्देश पछि प्रधानमन्त्री देउवा सतर्क भएका छन् अब कसरी अगाडी बढ्ने भनेर नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग देउवाले सल्लाह गरेको र माधव नेपालले पनि विचार गरौँला भनेको खबर छ ।

    स्रोतका अनुसार अध्यक्ष नेपालले बिरोध खतिवडा, मेटमणी चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठलाई मन्त्री र किशान श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयमा आफू पुगेको जानकारी दिएका छन् । नेकपा एसलाई सहरी विकास, पर्यटन, श्रम र युवा तथा खेलकुद मन्त्रालय दिने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् ।

    एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

    नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए ।

    सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर मन्त्रालय टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ