• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपा एस सरकारमा नजाने, कारण सुनेपछि देउवा तनावमा

    670
    SHARES


    काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सरकारमा नजाने चेतवानी दिएको छ । मन्त्रालय भागवण्डामा आफूलाई अपमान गरेको भन्दै नेकपा एसले सरकारमा नजाने चेतावनी दिएको हो ।

    नेकपा एसको चेतावनीले आज पनि मन्त्रीपरिषद् विस्तार नहुने भएको छ । नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ।

    सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४÷४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो ।

    सहमति अनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन्। तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको छ। मन्त्रालय भागबन्डाबारे फेरि छलफल भएपछि मात्रै पार्टीले मन्त्रीको नाम तय गर्ने नेकपा एसका नेता तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

    ‘४ भने पनि मन्त्री ३ मात्रै पाउने हो, एक जना राज्य मन्त्री मात्रै हो,’श्रेष्ठले भने ‘सम्मानजनक मन्त्रालय भागबन्डाका लागि फेरि गठबन्धन दलमा छलफल हुनुपर्छ।’ एकीकृत समाजवादीले असन्तुष्टि जनाएसँगै आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी प्रभावित हुने देखिएको छ।

    यता जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्षा बाबुराम भट्टराईले लफडा गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने भएका छन् । जसपाका अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने भएका हुन् । बुधबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् ।

    पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने जानकारी गराएको सो पार्टीका नेता रामसहाय यादवले बताए ।

    कार्यकारिणी समिति सदस्य समेत रहेका नेता रामसहाय यादवले पार्टीका अन्य नेताको नेतृत्वमा सरकारमा पठाउने आफू सरकार बाहिर रहेर काम गर्ने प्रष्ट पारेको बताए । मधेश आन्दोलनपछि पार्टी जतिपटक सरकारमा सहभागी भयो त्यति पटक यादव आफ्नै नेतृत्व गरेर गएका थिए ।

    जसपा नेपालले चारवटा मन्त्रालय पाएको छ । त्यसका लागि चारजना मन्त्रीको नाम चयन गर्नुपर्ने जिम्मेवारी पनि यादवको काँधमा छ । समावेशी, क्षेत्र, भूगोल, लिंग, पार्टीमा योगदानलगायतका विषयलाई ख्याल गरि मन्त्री छनौट गर्न बैठकले सुझाव दिएको छ ।

    जसपा नेपालको भागमा भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय परेको छ । चारवटा मन्त्रालयका लागि मन्त्रीका आकांक्षीहरु धेरै छन् ।

    कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव वा राजेन्द्र श्रेष्ठमध्ये एकजनाको नेतृत्वमा पार्टी सरकारमा जाने छलफल भइरहेको छ । यद्यपी पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाउन् भन्ने पक्षमा रहेका छन् । चुनावी सरकार भएको हुनाले शीर्ष नेताहरु सरकारभन्दा बाहिर रहेर काम गर्नुपर्ने उनीहरुको धारणा छ ।

    मन्त्रीका आकांक्षीमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, प्रदीप यादव, इस्तियाक राइन, प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, रेणुका गुरुङ, अमृता अग्रहरि, डा. सुरेन्द्र यादवलगायतका सांसदहरु रहेका छन् । उनीहरु मध्येबाट यादवले परामर्श गरेर मन्त्री छान्नेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ