• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अन्तिममा आएर प्रेम आलेलाई धोका, मुखैको पद खोसियो

    682
    SHARES


    काठमाडौं । अन्तिममा समयमा आएर प्रेम आलेलाई धोका भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पठाउने यसअघि भएको सहमति तोडिएपछि धोका भएको हो । नेकपा एमाले छाडेर पर्यटनमन्त्री बन्ने पक्का भएका प्रेम आलेलाई अन्तिममा झट्का लागेको हो । उनको नाम पर्यटनमन्त्रीबाट हटाइएको छ ।

    पर्यटनमन्त्री बन्ने लगभग पक्का भएकाबेला माधव कुमार नेपालले निर्णय नै उल्ट्याउँदै उनको नाम काटेका हुन् । उनको ठाउँमा मेटमणि चौधरीलाई पठाउने सहमति भएको चौधरीले बताए ।

    माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले चार वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

    खतिवडा सहरी विकास मन्त्री बन्ने भएका हुन् । त्यस्तै, रामकुमारी झाँक्रीलाई रक्षा र मेटमणि चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने तयारी भएको छ भने आलेलाई उद्योग, वाणिव्य तथा आपुर्ति मन्त्रालयलको जिम्मेवारी दिने तयारी छ ।

    जीवनराम श्रेष्ठलाई युवा तथा खेकलुद र राज्यमन्त्रीमा किसान श्रेष्ठलाई पठाउने करिब–करिब निश्चित् भएको एक नेताले जनाए । उता, सांसद मेटमणि चौधरीले आफूलाई पर्यटन मन्त्रालयको नेतृत्व दिने पार्टीभित्र सहमति भएको प्रतिक्रिया दिए । चौधरीले भने,‘पर्यटन मन्त्रालयमा मलाई पठाउने सहमति भएको छ । अध्यक्षज्यूले पनि यही भन्नुभएको छ ।’ यसअघि पर्यटन मन्त्रालयमा प्रेम आलेको नाम चर्चामा थियो ।

    आलेलाई पर्यटनमन्त्री बनाउनको लागि अध्यक्ष नेपाल पनि सकारात्मक भएको समाचार थिए । मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सरकारलाई पूर्णता दिने भएका छन् ।

    यस्तै नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।

    पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए ।

    जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ