• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माओवादीबाट यी ४ जना बन्ने भए मन्त्री, कसलाई कुन मन्त्रालय ?

    788
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।

    पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए ।

    जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।

    यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चारवटा मन्त्रालय पाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी विकास, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको जानकारी गराएका हुन्।

    सत्तारुढ गठबन्धनका दलहरूको बैठक मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । त्यसैगरी, बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ।

    त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । मुख्यमन्त्री राउतको विश्वासको मतमाथिको छलफलमा भाग लिदै प्रदेश- २ को लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

    राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,’मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मार्दा जुलुस निकालेर विरोध गर्छन् ।’

    अख्तियारले छापामार शैलीमा छापा मारेर संघीयतालाई चुनौती दिएको मुख्यमन्त्री राउतक अभिव्यक्तिमा सोनलले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । यो संघीयता सयकरोडौँ मधेसीको आन्दोलन र कयौँको सहादतले आएको हो । अब मुख्यमन्त्रीले मार्गप्रशस्त गरेर अख्तियारको छानबिनमा सघाउनुपर्छ ।’

    प्रदेश २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको उजुरीपछि अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

    सोनलले सरकारले गरेका कामको संवैधानिकतामाथि पनि प्रश्न उठाए । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको ४३ दिनपछि मात्रै विश्वास लिनुले कति संवैधानिक भन्दै उनले प्रश्न गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ