• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाली सेनाले गर्यो यस्तो घोषणा

    6K
    SHARES


    काठमाडौँ । दशैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि नि:शुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको थियो।

    सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।

    नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले बताए । यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए ।

    जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ । अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए ।

    निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् ।

    यस्तै यता कोरोनाबाट ज्यान गुमाउने तीन डीएसपीसहित ६ जना प्रहरीलाई नेपाल प्रहरीले मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् ।

    कोभिड–१९ को दोस्रो लहरमा ज्यान गुमाएका डिएसपीहरू समिरचन्द्र खरेल, राजकुमार केसी र डम्बरबहादुर केसी तथा प्रहरी सहायक निरिक्षक (असई) देवीबहादुर पुरी, राजेश विक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ ।

    त्यस्तै पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा डंगोललाई आज सो अवार्ड प्रदान गरिएको हो ।

    प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो अवार्ड प्रदान गरेका हुन् । ८९ वर्षीय डंगोल २००८ सालमा प्रहरीमा भर्ना भएकी थिइन् । उनले नेपाल प्रहरीमा ३१ वर्ष सात महिना २२ दिन सेवा गरेकी थिइन् । उनले असइ पदबाट उनले अवकाश लिएकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ