• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चीनले नेपाललाई कोरोनाविरुद्धको सिनोभ्याक खोप दिने

    537
    SHARES


    काठमाडौँ । चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदान सहयोग गर्ने बताएकी हुन् ।

    भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थियो । यस्तै चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

    चीन सरकारले कोरोना महामारीको तेस्रो लहरसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार निमार्णका लागि पनि ९ करोड २४ लाख रुपैयाँ समेत सहयोग गर्ने भएको छ ।

    यस्तै यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमा विवादमुक्त भएको बताएकी छन् । दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएको बताएकी हुन् ।

    उनले ट्विट गर्दै भनेकी छन्,‘आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ ।’

    राजदूत होउले नेपाल चीन महत्वपूर्ण फोटोहरु समेत सार्वजनिक गरेकी छन् । गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको समाचारमा आइरहेको बेला राजदूत होउको ट्विट सार्वजनिक भएको हो ।

    सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझावका आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

    समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा द्धिपक्षीय सीमा अध्ययन गर्ने निष्कर्ष निकालेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया