• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अन्तिममा आएर मुखैबाट किन खोसियो विरोध खतिवडाको मन्त्री पद ? यस्तो छ कारण

    1K
    SHARES


    काठमाडौँ । अन्तिममा आएर विरोध खतिवडा भौतिक पूवाधार मन्त्री नबन्ने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेपछि मुखैमा आएको गाठिस मन्त्रालय फुत्किएको हो ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधिशलाईसमेत भाग चाहिएपछि मन्त्रीमण्डल विस्तार हुन नसकेको खुलासा भएपछि बल्ल गठबन्धनका नेताहरुबीच सहमति भएको हो । त्यो पनि प्रधानन्याधीश चोलेन्द्र सम्शेर जबराले मलाई चाहिएन भनेपछि सहमति भएको हो ।

    सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादीले ४/४ मन्त्रालय भाग पाएका छन् । यसअघि नेकपा एसका नेता विरोध खतिवडाले भौतिक पूर्वाधार मन्त्रालय पाउँने भनिए पनि अन्तिममा आएर खोसिएको छ ।

    स्रोतले दिएको जानकारी अनुसार नेकपा एसको भागमा भौतिक पुर्वाधार मन्त्रालय नपरे पछि शहरी विकास मन्त्रालयमा चित्त बुझाउनु पर्ने अवस्था आएको छ । अब नेकपा एसबाट सरकारको नेतृत्व गर्दै खतिवडा शहरी विकास मन्त्री बन्ने बताईएको छ ।

    नेकपा एसले रक्षासहित ४ मन्त्रालय पाउने भएको छ । रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय पाउने भएको छ ।

    नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ ।

    सत्ता साझेदार नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।  यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए । उता जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ ।

    जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो ।

    बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।

    यसैबीच बैठक स्रोतका अनुसार वर्तमान सरकारमा यादव आफै सहभागी नहुने भएका छन् । जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित रहेको एक सांसदले बताए ।

    उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको जाने सम्भावना हुनसक्थ्यो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको हो ।

    पार्टीका अध्यक्ष यादव मात्र होइन, पार्टीका अरु शीर्ष नेता डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया