• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    फेरी कोरोनाका कारण एकैदिनअहिलेसम्मकै धेरैको मृत्यु, देशभर त्रास

    680
    SHARES


    एजेन्सी । रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।

    यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।

    त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितहरूको सङ्ख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ । अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ ।

    तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । रुसमा अहिले पनि दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम भएको छ । त्यसैले सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । नयाँ सङ्क्रमितहरूको सङ्ख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् ।

    सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ । उता संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोनाको संक्रमण भएको छ कि छैन भनेर परीक्षण गर्दा झन्डै ४५ हजार रुपैयाँ लिने गरेको छ।

    द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार जिएस ल्याब्स नामको उक्त प्रयोगशालाका अमेरिकाभरि विभिन्न स्थानमा ३० शाखा छन्। आफ्नो सेवा उच्च गुणस्तरको भएकाले शुल्क महंगो भएको जिएसले जनाएको छ।

    अमेरिकामा सामान्यत: कोरोना परीक्षणको शुल्क २० डलर (२४ सय रुपैयाँभन्दा) भन्दा कम छ। जिएसले एक जनाको परीक्षण गर्दा ३८० डलर (४४ हजार ८ सय ७४ रुपैयाँ) शुल्क लिन्छ। जिएसले लिने यो शुल्क गैरकानुनी भने होइन।

    यसअघि नै अमेरिकी कंग्रेसले कोरोना परीक्षणको शुल्क नागरिकले तिर्नु नपर्ने र बीमा कम्पनीले व्यहोर्नु पर्ने कानुन ल्याएको थियो। ‘केयर एक्ट’मा कुनै अमेरिकी नागरिकले सूचीकृत प्रयोगशालामा कोरोना परीक्षण गर्दा जति शुल्क लाग्छ त्यो सबै बीमा कम्पनीले तिर्नै पर्ने र तिर्दिनँ भन्न नपाउने व्यवस्था गरिएको छ।

    सोही व्यवस्थाबमोजिम जिएसले आफ्नो शुल्क ३८० डलर तोकेको हो। जिएसले आफ्नो प्रयोगशालामा केही मिनेटअघि परीक्षणका लागि बुकिङ गर्न सकिने र परीक्षण गरेको केही मिनेटमै नतिजा आउने सुविधा रहेको उल्लेख गरेको छ।

    अहिलेसम्म उसले झन्डै पाँच लाख मानिसको कोरोना परीक्षण गरिसकेको छ भने अहिले पनि दैनिक हजारौं मानिसले जिएसमा कोरोना परीक्षण गर्ने न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ। जिएसले महंगो शुल्क लिन थालेपछि बीमा कम्पनीहरूले आपत्ती जनाएका छन्।

    केहीले पैसा तिर्न अस्वीकार गरेका छन् भने केहीले महामारीका बेला अत्याधिक शुल्क लिएको भन्दै अदालती प्रक्रिया थालेका छन्। विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ५६५ जना कोरोना संक्रमित थपिएका छन् ।

    ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९१ हजार ९५, बेलायतमा ३३ हजार ८६९, टर्कीमा २९ हजार ८०२, रुसमा २५ हजार ११०, ब्राजिलमा २० हजार ५२८ र भारतमा १९ हजार ३८० जना थपिएका हुन् ।

    यही अवधिमा ७ हजार ३९४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ७६१, रुसमा ८९५, ब्राजिलमा ६८६, भारतमा २८५, टर्कीमा २२८ र बेलायतमा १६६ जना रहेका छन् ।

    यही अवधिमा ४ लाख ६९ हजार ८१ जना निको भएका छन् । हालसम्म कुल संक्रमित २३ करोड ६५ लाख ६३ हजार ९६७ मध्ये २१ करोड ३६ लाख ८१ हजार २४२ जना कोरोनामुक्त भइसकेका छन् । मृत्यु हुनेको संख्या ४८ लाख ३० हजार ५७८ पुगेको छ

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ