• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, झाँक्रीसहित को-को बन्दैछन मन्त्री ? नामसहित

    0.9K
    SHARES


    काठमाडौं । सत्ता साझेदार नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ । नेकपा एसका एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

    नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ । किसान श्रेष्ठको नाम पनि चर्चामा छ ।

    यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए । उता  जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ ।

    जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो ।

    बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।

    यसैबीच बैठक स्रोतका अनुसार वर्तमान सरकारमा यादव आफै सहभागी नहुने भएका छन् । जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित रहेको एक सांसदले बताए ।

    उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको जाने सम्भावना हुनसक्थ्यो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको हो ।

    पार्टीका अध्यक्ष यादव मात्र होइन, पार्टीका अरु शीर्ष नेता डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ ।

    उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने छलफलमा उठेको ती सांसदले बताए । यद्यपी भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिनेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया