• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ३३ किलो सुन का’ण्डका नाइके गोरेसहित यी ६ जनालाई जन्मकै’दको सजाय

    456
    SHARES


    काठमाडौँ । ३३ किलो सुन त’स्करी प्रकरणमा भरिया सनम शाक्यको ह’त्यामा ८ जनालाई जिल्ला अदालत मोरङले दो’षी ठहर गरेको छ । ८ जना मध्ये मुख्य अभि’युक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कै’दको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

    उनीहरुलाई सुन त’स्करी र सनम शाक्य ह’त्या, अ’पहरण तथा शरीर ब’न्धकमा स’जाय तोकिएको उनले जानकारी दिए । अरू दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए ।

    को हुन् गोल्ड ड’न भनिने गोरे

    मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन त’स्करीको ड’न अर्थात् ‘गोल्ड ड’न’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन त’स्करी गरिरहेका थिए।

    मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए। सुन त’स्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन मा’फियासँग उनको सम्बन्ध गाँसियो। केही समयपछि गोरे नेपाल फर्किए। उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।

    स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अ’नुसन्धानमा देखिएको छ। स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए। लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आ’डमा उम्किँदै पनि आएका थिए।

    ०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अ’वैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।

    सिआइबीले सुन त’स्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरि’वाना र बिगो जफतको दाबी माग गरिएको थियो।

    उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फ’रार भनेको थियो। स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा प’क्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो।

    ‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो। त’स्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अ’वैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।

    फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आ’शंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर या’तना दिएर ह’त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    ह’त्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।

    सुनसरीमा श’व फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो। प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ