• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    शितलनिवास छोडेर अन्तै पुगिन राष्ट्रपति भण्डारी ?

    0.9K
    SHARES


    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारको रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्। रिफ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ।

    ‘उहाँ रिफ्रेस हुन आउनुभएको हो। हिजो यहीँ बस्नुभयो, आज फर्किनुहुन्छ,’ स्रोतले भन्यो। औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन्।

    पछिल्लो समय नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरिको रिसोर्टमा गएर बसेका थिए। यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारेका हुन् ।

    कार्यक्रममा राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाव दिइन् ।

    उनले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने महामहिम सीको मानवतावादी प्रतिबद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चिनिया नेतृत्वको उच्च प्रशंसा गरिन् ।

    कार्यक्रम नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले नेपाल र चीन बीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन् । उनले भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका उल्लेख गर्दै हाम्रा दुई देशलाई महान् बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताइन् । राजदूत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासमा विकसित भएको साझेदारीलाई महत्त्वपूर्ण रहेको बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया