• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    राष्ट्रिय वाणिज्य बैंकद्वारा थप ७ नयाँ शाखा विस्तार

    160
    SHARES


    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली ।

    त्यस्तै ललितपुरको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवा बजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।

    यसैगरी, बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यस्तै वाणिज्य बैंकहरुको निक्षेप संकलन गएको एक हप्तामा मात्र ३८ अर्बले वृद्धि भएको छ ।

    बैंकर्स संघको सोमबार जारी गरेको रिपोर्ट अनुसार गत असोज ८ देखि १५ गतेसम्म बैंकहरुले ३८ अर्बले निक्षेप वृद्धि गर्दै ४२ खर्ब १८ अर्ब रुपैयाँ पुर्याएका हुन् । यस्तो दर अघिल्लो हप्ता गत असोज ८ गतेसम्म बैंकहरुले कुल ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

    यस्तै, यता कर्जा लगानी तर्फ पनि बैंकहरुले समीक्षा अवधिमा ३९ अर्ब रुपैयाँले वृद्धि गरेको बैंकर्स संघले जनाएको छ । गत असोज ८ गतेसम्म ३९ खर्ब ३ अर्ब लगानी गरेका बैंकहरुले असोज १५ गतेसम्म ३९ अर्बले कर्जा लगानी वृद्धि गर्दै ३९ खर्ब ४२ अर्ब पुर्याएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया