• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ओलीविरुद्ध किन एक्सनमा उत्रियो देउवा सरकार, एमालेका चर्चित नेता पक्राउ

    1.7K
    SHARES


    काठमाडौं । देउवा नेतृत्वको सरकार नेकपा एमाले विरुद्ध एक्सनमा उत्रिएको छ । नेकपा एमालेका नेता एबम् सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ ।

    उनलाई प्रहरी ठगी आरोपमा पक्राउ गरेको हो । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन्धाराबाट पक्राउ गरेको हो ।

    उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए। व्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ४६ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध ७५ जनाले उजुरी दिएका थिए ।

    बाँकी ४५ जना पनि मंगलबार तामाङविरुद्ध उजुरी लिएर ब्युरो जाने तयारीमा रहेको पीडित एक बचतकर्ताले जानकारी दिए । त्यसकै आधारमा तामाङलाई पक्राउ गरिएको डीआईजी सिंहले बताए ।

    २०५५÷५६ ताका तामाङलें आफू अध्यता रहेको सिभिल सहकारी खोलेका थिए । करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्षमा बसे। त्यसक्रममा उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख बनेका थिए।

    यसबीचमा तामाङले सिभिल गु्रपमार्फत हाउजिङ र जग्गा कारोबारलगायतका कम्पनी पनि खोलेका छन । त्यसका लागि आफ्नै सहकारीबाट ऋण लिए। जग्गा धितो राखेर ऋण लिए पनि धितो राखिएकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाधि छ।

    सिभिल सहकारीबाट ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी बैंकको अध्यक्ष बने ।

    त्यसपछि सहकारीको नेतृत्व नातामा मामाससुरा पर्ने केशवलाल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठलाई सहकारीको लोन शाखा प्रमुख पनि बनाइयो। निकट यक्तिलाई लोन शाखामा राखेर उनले आफूले भनेअनुसार रकम लेनदेन गर्न सहज बनाएका थिए । तर, सहकारीका बचतकर्ताको रकम हिनामिना हुने क्रम रोकिएन।

    रकम हिनामिनापछि सीआईबीमा उजुरी दिनेमध्येका एक डिल्लीप्रसाद भट्टराईका अनुसार सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ साँवा र त्यसको व्याज तामाङले तिर्न बाँकी छ।

    सहकारीबाट तामाङले मात्रै सिभिल ग्रुपअन्तर्गतका विभिन्न संस्थामा ९० प्रतिशत बढी ऋण लिएको तर बचतकर्ताले पैसा फिर्ता माग्दा नदिएको भट्टराईले बताए। आफूले मात्रै उक्त सहकारीमा ८३ लाख रुपैयाँ जम्मा गरेको उनले बताए।

    ‘बैंकमा भन्दा सहकारीम केही बढी व्याज दिने लोभ देखाइयो त्यसपछि बैंकमा भएको रकम झिकेर उता जम्मा गयौं तर अहिले आफ्नै पैसा देऊ भन्दा पनि ठगी भयो’, उनले भने। आफूहरू बाध्य भएर ठगीको उजुरी लिई प्रहरीमा पुगेको बताए।

    व्युरो प्रमुख सिंहले तामाङले सहकारीको नीतिविपरीत बचतकर्ताको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनीविरुद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढाइने सिंहले जानकारी दिए।

    सीआईबीको प्रारम्भिक सोधपुछमा तामाङले पीडितलाई रकम फिर्ता गर्ने बताएका छन् तर पकाउ पूर्जी लिएर आरोपितलाई नियन्त्रणमा लिइसकेको भन्दै ठगीमा अनुसन्धान अघि बढेको र कानुनले नै सबै कुराको छिनोफानो गर्ने व्युरोले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया