• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादीले पाउने ४ मन्त्रालय टुंगियो, को-को बन्दैछन मन्त्री ? उपेन्द्र यादवको भागमा कति पर्यो ?

    755
    SHARES


    काठमाडाैं । सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले बताए ।

    ‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’

    यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको ती नेताले बताए । देउवा र प्रचण्डबीच सोमबार मोटामोटी टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले बतायो ।

    मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । माओवादी नेता भन्छन्, ‘हाम्रो स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ ।’

    माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

    माओवादीबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लागिसकेको स्रोतले बतायो । माओवादी पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमा प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये एकजना पर्न सक्ने वा यी नाम बाहेक सिन्धुलीबाट हरिबोल गजुरेल पनि पर्न सक्ने स्रोतले बतायो ।

    त्यसो त सोमबार बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले माओवादीबाट प्रस्तावित तीन मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई टिपाइसकेको बालुवाटार स्रोतको दाबी छ । तर, त्यो दाबीको खण्डन गर्दै माओवादीका एक नेताले भने, ‘हाम्रो स्थायी कमिटी बैठक नै नबसी नाम बुझाउने कुरै हुँदैन, स्थायी कमिटीको बैठकले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ ।’

    उपेन्द्र यादव भन्छन्– टुंगिएको पनि छैन, थाहा पनि छैन

    गठबन्धनले पाउने मन्त्रालयहरुको भागवण्डा मिलेको हो ? भन्ने प्रश्नमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अनभिज्ञता प्रकट गरे । प्रधानमन्त्री र प्रचण्डबीचको दुई पक्षीय छलफलप्रति पनि अनभिज्ञता प्रकट गर्दै यादवले भने, ‘मन्त्रालयको टुंगो लागेको भन्ने कुरा थाहा पनि छैन, टुंगिएको पनि छैन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया