• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    काठमाडौंका पाकेटमारले प्रहरीलाई ठूल्दाई भन्छन्- पीडितलाई रामे, यस्तो छ कोडभाषा…

    636
    SHARES


    काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले २०७ जना पाकेटमारहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ। भीडभाड भएको ठाँउ, सार्वजनिक गाडीहरुमा पाकेटमार र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    उनीहरु बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

    पक्राउ गरिएका २०७ जना पाकेटमारलाई प्रहरीले सार्वजनिक गरेको हो। ती मध्ये काठमाडौं जिल्ला अदालतको आदेशपछि ४६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ। दशैं तिहार चाँडबाँड नजिकिएसँगै नयाँबसपार्क, सपिङ कम्प्लेक्सहरुमा नजिकका क्षेत्रमा समेत पकेटमारहरुको बिगबिगी छ।

    काठमाडौं प्रहरी परिसरले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी पाकेटमाराहरुलाई पकाउ गरेको परिसरका एसएसपी अशोक सिंहले बताए।

    उनीहरुले पकेटमारी गर्दा एक अर्कामा कोडाभाषा प्रयोग गर्ने पाइएको एएसपी सिंहले बताए। उनीहरुले पैसालाई द , मोवाईललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने मास्टरलाई काशी, पैसा धेरै छ लाई टानको द , पैसा थोरै छ लाई जुटको द जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए।

    यस्तै गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठूल्दाई आयो, ड्राईभरलाई माम, खलासीलाई मले गाडीवाट झरेर भागलाई टप्की गाडी भित्र, अगाडी सरलाई अकल जा, गाडी भित्र पछाडी सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ