• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा भयो फेरि यस्तो डरलाग्दो पुष्टि

    1.2K
    SHARES


    काठमाडौं । नेपालीहरुको महान चाड दशैँको मुखैमा नेपालमा अर्को डरलाग्दो पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप एक हजार ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १० हजार ८७४ जनाको परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन। यस्तै आज एक हजार जनाले कोरोनालाई जितेका छन। देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन्।

    कस्तो छ भेरिअन्टहरूको असर?
    कोरोनाभाइरसका सबै ‘चिन्ताका भेरिअन्ट’हरूको परिवर्तन बाहिरी सतहमा हुने प्रोटिनको बनोटमा देखिएको छ जुन सङ्क्रमणको बेला मानव कोशिकासँग जोडिन्छ। तीमध्ये डेल्टा भेरिअन्टमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। जस्तै: L452R एउटा यस्तो परिवर्तन हो जसले भाइरसलाई सहजै फैलने बनाउन सक्छ।

    तर यसले सङ्क्रमितलाई गम्भीर रोगी बनाउँछ वा वर्तमान खोपहरूलाई कम प्रभावकारी बनाउन सक्छ भन्ने कुराको कुनै प्रमाण नभएको यूकेका अधिकारीहरूले बताएका छन्। अल्फा, गामा र बीटा भेरिअन्टबाट उत्परिवर्तन भएको N501Y ले भाइरसलाई फैलन र कोशिकामा सङ्क्रमण गर्न बढी सघाउँछ।

    बीटा र गामाको प्रमुख उत्परिवर्तन E484K ले भाइरसलाई मानिसको शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गतका केही सुरक्षा संयन्त्र छल्न सहयोग पुर्‍याउन सक्छ। विज्ञहरूले अल्फा भेरिअन्टको सानो सङ्ख्यामा पनि यस्ता परिवर्तन भेटेका छन्।

    हाल प्रयोग भइरहेका खोपहरू कोरोनाभाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो। त्यसैले वर्तमान खोपले नयाँ भेरिअन्टहरूविरुद्ध राम्रोसँग काम नगर्न सक्छ। विज्ञहरूले भने ती खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन्।

    ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरिअन्ट सङ्क्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ।

    सोही खोपको एक मात्रा डेल्टा सङ्क्रमितको तुलनामा अल्फा सङ्क्रमितमा बढी प्रभावकारी देखियो। चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरिअन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन्।

    भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन्। यूके सरकारले बायोफार्मास्यूटिकल कम्पनी क्योरभ्याकसँग भावी भेरिअन्टविरुद्ध खोपको विकास गर्ने सम्झौता र पाँच करोड मात्राको अग्रिम माग गरेको छ।

    यी खोपहरू भेरिअन्टहरू कसरी विकास हुन्छन् भन्ने अवस्था हेरेर वृद्धवृद्धा र जोखिममा रहेका समूहलाई उपलब्ध गराउन सकिने बताइएको छ। अहिले युरोप कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ । कैयौं देशका सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्किन भनेका छन् । भाइरस फैलिनबाट रोक्न प्रतिबन्ध लगाइरहेका छन् । तर, युरोपमा एक देश यस्तो पनि छ, जहाँ अधिकारीहरु यो भाइरसका बढ्दो संक्रमण रोक्न आम जनजीवनमा प्रतिबन्ध लगाइरहेका छैनन् ।

    कोरोना महामारीसँग जुध्नको लागि बेलारुस आफ्ना निकट छिमेकी युरोपेली देश युक्रेन र रुसले जस्तै कडा कदम उठाइरहेको छैन । युक्रेनले छिटै कोरोनाभाइरस रोक्नको लागि संकटकाल घोषणा गर्न सक्छ । रुसले पनि स्कुलहरु बन्द गरेको छ । सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ र देशमा आउने र जाने सबै उडानहरुलाई रद्द गरेको छ ।

    तर, बेलारुसमा सबै कुरा सामान्य दिनमा झैं चलिरहेका छन् । देशका सीमाहरु पहिलेजस्तै खुला छन् मानिसहरु काममा गइरहेका छन् र जरुरी सामान किन्नको लागि पसलतर्फ दौडिइरहेका छैनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया