• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    आमा बनिन् अभिनेत्री नेहा धुपिया

    595
    SHARES


    एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया आमा बनेकी छन्। उनले आइतबार छोरालाई जन्म दिएको उनका श्रीमान् तथा अभिनेता अंगद वेदीले जानकारी दिएका हुन्।

    तीन वर्षअघि पहिलो पटक छोरीकी आमा बनेकी नेहा र अंगदको यो दोस्रो सन्तान हो। द इन्डियन एक्सप्रेसका अनुसार अंगदले सामाजिक सञ्जालमार्फत् खुसी साट्दै लेखेका छन्, ‘भगवानको कृपाले हामी छोराको अभिभावक बनेका छौं। बच्चा र नेहा दुबै पूर्णरुपमा स्वस्थ छन्।’

    भगवानको कृपा रहोस् भन्दै उनले श्रीमती नेहालाई धेरै-धेरै धन्यवाद दिँदै उनले लेखेका छन्, ‘अब हामी चार जना मिलेर यो यात्रा स्मरणीय बनाउनु पर्छ।’

    नेहा र अंगदले विवाह गरेका हुन्। मोडलिङ हुँदै बलिउड पुगेकी नेहाले जुली, शीशा, कयामतलगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छन्। अंगद चर्चित फिल्म ‘गुन्जन सक्सेना’मा देखिएका थिए। नेहा चाँडै ‘सनक’ मा विद्युत जामवालसँग देखिने छिन्।

    यसैबीच तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले आफ्नो सम्बन्ध विच्छेद भएको घोषणा गरिसके। चार वर्ष लामो वैवाहिक सम्बन्धपछि दुईले यो निर्णय लिएका हुन्।

    शनिबार सामाजिक सञ्जालमार्फत् सामन्थाले सम्बन्ध विच्छेदबारे घोषणा सार्वजनिक गरेकी थिइन्। सम्बन्ध विच्छेदपछि सामन्थाले भत्ताका रुपमा पचास करोड भारु पाउने खबरहरु प्रकाशित भएका थिए। तर उनले भने यो रकम लिन अस्विकार गरेकी छन्। सामन्थाको नजिकका स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन्।

    ‘अहिलेको क्षणमा सामन्था दु:खी र विचलित भएकी छिन्,’ उनका स्रोतले भनेका छन्, ‘उनलाई यो विवाहबाट माया र साथको जरुरी थियो। अब सम्बन्ध नै समाप्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन।’

    सामन्था र चैतन्यको प्रेमसम्बन्ध सन् २०१० देखि सुरु भएको थियो। ‘ये माया चेसाबे’ फिल्ममा सँगै काम गर्ने दौरान उनीहरु प्रेममा परेका थिए। उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए। सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको हल्ला भएको थियो।

    योसँगै यी दुई वैवाहिक परामर्श लिन गएको जानकारी पनि आएको थियो। जसले उनीहरुको सम्बन्धमा समस्या आउन थालेको देखिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार चैतन्यसँगको सम्बन्ध बिग्रिएसँगै सामन्थालाई मानसिक आघात भइरहेको छ। यो पीडा भुल्न उनी काममा मात्र ध्यान केन्द्रित गरिरहेकी छन्।

    स्रोतका अनुसार हाल आफ्नो पीडा बढाउने खालका कुनै पनि फिल्ममा काम गर्न चाहिरहेकी छैनन्, किनकी अहिले उनको जीवनमा त्यस्तै स्थिति आइरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया