• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ललिता निवास जग्गा प्रकरण- माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    0.9K
    SHARES


    काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्र’करणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।

    दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो । निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।

    त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् । प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए ।

    छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले  बताए ।

    त्यस्तै उता उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा ब’म वि’स्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्या’न मा’र्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको छ । न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो । ब’म वि’स्फोट गराई व्यक्ति ह’त्या गरेको हकमा उच्च अदालतले कसुरदार ठहर गरेको छ । कति समय कैद गर्ने भन्ने विषयमा अर्को सुनुवाइपछि निर्णय हुनेछ ।

    उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले मुलुकी संहिताभन्दा अघि नै ज्या’न मा’र्ने मुद्दाको प्रक्रिया अघि बढेकाले एकैसाथ सजाय पनि सुनाइएको बताए । तर कर्तव्य ज्यानको मुद्दा भने संहितापछि अघि बढेकाले कसुरदार ठहरिएपछि सजाय निर्धारणको लागि मिति तोकिएको हो । विचमा दशैंविदा भएकाले त्यसपछि कैद सजायका बारेमा सुनुवाइ र फैसला हुने उनले बताए ।

    साहको हकमा ज्यान मा’र्ने उद्योगमा सजाय घटाए पनि उच्च अदालतले अरुको हकमा जिल्ला अदालतले गरेको सजाय सदर गरेको हो । आइतबार राति अबेर मुद्दाको फैसला गर्दै राय तयार भएकाले त्यसको विस्तृत विवरण तयार भएको छैन । २०६८ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । संविधान निर्माणका क्रममा मिथिला राज्यका लागि दवाव दिन मिथिला राज्य संघर्ष समितिले धर्ना कार्यक्रम गरेको ठाउँमा विस्फोट भएको थियो ।

    उक्त घटनाको जनतान्त्रिक तराई मुक्ती मोर्चाका राजन मुक्ती समूहले जिम्मा लिएको भनिए पनि पछि सञ्जय साह लगायतले घटनाको योजना बनाएको खुल्यो । त्यसपछि प्रहरीले उनीविरुद्ध ज्यान मारेको र ज्यान मार्ने प्रयास गरेको आरोपमा एकैसाथ दुई मुद्दा चलाएको थियो ।

    त्यो मुद्दामा साढे २ वर्षअघि २०७५ साल चैत १४ गते जिल्ला अदालत धनुषाले साह सहितका आरोपितहरु घटनामा संलग्न रहेको ठहर सहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतले घटनामा संलग्न रहेको ठहर सहित जय प्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई १२ वर्ष कैद सजाय सुनाएको थियो, जुन उच्च अदालतबाट पनि सदर भयो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ