• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    माधव नेपाल बेइमान भन्दै रामकुमारी झाँक्रीले खोलिदिइन् यस्तो पोल

    796
    SHARES


    काठमाडौँ । बेलाबेला आफ्नै कडा अभिव्यक्तिका कारण चर्चामा आइरहने नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले माधव नेपालको अर्को पोल खोलिदिएपछि एकीकृत समाजवादी पार्टीमा छुट्टै तरंग पैदा भएको छ । नेतृ झाँक्रीले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बेइमान भएको बताएपछि नेताकार्यकर्तामा छुट्टै तरंग पैदा गरिदिएको हो ।

    पछिल्ला केहि दिन यता रुघाखोखी ज्वरोले सताएपछि अस्पताल भर्ना भएका अध्यक्षमाथि झाँक्रीले नेपाल बेइमान भएको बताइन । झाक्रीले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको गर्व महशुस गरेको भन्दै माधव नेपाल बेइमान भएको बताइन् ।

    आइतबार चितवनमा नेकपा एकिकृत समाजवादी पार्टीको रत्ननगर कमिटी घोषणा सभामा राजनीतिक अपराधी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनुभन्दा बेइमानी नै भएपनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिनु गर्व रहेको बताइन् ।

    प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक अपराधी भएको आरोप लगाएकी छिन् । लोकतन्त्रको मर्मविपरीत पटक पटक संसद विघटन गरेको भन्दै ओली राजनीतिक अपराधी भएको उनले आरो लगाइन् ।

    झाँक्रीले ओली अपराधी भएको र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बेइमान भएकोमा आफूले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको जिकिर गरिन् । नेतृ झाँक्रीले एमालेसँग आगामी निर्वाचनमा जनतासामु जानका लागि एजेण्डा नै नभएको तर्क गरेकी छन् ।

    एमालेका नेता कार्यकर्ताले ‘हामीलाई भोट दिनुहोस् हामी तीन महिनामै संसद विघटन गर्छौँ’ भनेर भोट माग्नुपर्ने अवस्था आउने भन्दै व्यंग्य गरिन् । अध्यक्ष ओलीले ‘म भ्रष्टचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने नारा ल्याएको तर त्यहीँ नाराको पछ्याईमा व्यापक भ्रष्टचार भएको आरोप पनि उनले लगाइन् । उनले एकिकृत समाजवादी पार्टी तत्कालै कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको पनि प्रष्ट परिन् ।

    त्यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जनाए । उनले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिए ।

    उनले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्रिय पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताए । उनले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गरे । अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कुनै मधुकैटबले हल्लाउन नसक्ने गरी बहुमत ल्याएर पार्टीलाई स्थापित गर्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया