• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    काबुलको ठूलो मस्जिद बाहिर वि’ष्फोट

    501
    SHARES


    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर वि’ष्फोट भएको छ । आइतबार भएको उक्त वि’ष्फोटमा कैयौँ नागरिक मारिए तथा केही घाइतेमात्र भएको तालिबान प्रवक्ताले जनाएका छन् ।

    तथापि यसको यकिन तथ्यांक प्राप्त हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् । ‘ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको वि’ष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,’ तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्वीटरमा लेखेका छन् ।

    उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त वि’ष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

    घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।

    यता पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक शिख समुदायमाथि ज्यादतीका घटना बढ्दै गएका छन् । बिहीबार फेरि एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सिंह आफ्नो क्लिनिकमा रहेका बेला अज्ञात समूहले उनको गोली हानी हत्या गरेको जनाइएको छ । घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । घटनाको शिख समुदायले निन्दा गरेका छन् ।

    उक्त घटनाको पाकिस्तानी संसदमा पनि निन्दा भएको छ । पाकिस्तानका एक मात्र शिख सांसद गुरदीप सिंहले शुक्रबार सिनेटमा शिख समुदायलक्षित हत्याको मुद्दा उठाएका थिए । ‘मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन्’, उनले भने ।

    लगत्तै सभामुख मुहम्मद सादिक संज्रानीले सिंहको हत्याको रिपोर्ट पेस गर्न सरकारलाई रुलिङ गरेका छन् । शिख अधिकारकर्मी रादेश सिंह टोनीले इस्लामिक स्टेट-खोरासान (आईएसआईएस-के) ले सतनाम सिंहको ह’त्याको जिम्मेवारी लिएको सन्देश सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    भारतको शिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गर्दै अल्पसंख्यक शिख समुदायको सुरक्षाको सुनिश्चित गर्न पाकिस्तान सरकारसँग माग गरेको छ । पञ्जाबका पूर्वमुख्यमन्त्री अमरिन्दर सिंहले भने, ‘पेशवारमा हकीम सतनाम सिंहको क्रुर हत्याको निन्दनीय छ । पाकिस्तानले यसमा ठोस कदन चाल्न आवस्यक छ।’

    सात वर्षमा केपीकेमा मुख्यमन्त्री परवेज खान खट्टकका पूर्वसल्लाहकार डा.स्वर्ण सिंहसहित १३ शिखहरुको हत्या भएको प्रहरीलाई उद्धृत गर्दै जारी भएको एक रिपोर्टमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ