• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    अन्तत: आफ्नै निर्णयबाट पछि हट्न बाध्य भए कुलमान, यस्तो छ कारण

    361
    SHARES


    काठमाडाैं । पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काट्ने निर्णयबाट नेपाल विद्युत् प्राधिकरणकार्यकारी निर्देशक कुलमान घिसिङ पछि हटेका छन् ।

    आज आइतवार उर्जा मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानको बैठकपछि प्राधिकरण तार नकाट्न सहमत भएको हो ।

    यो सहमतिसंगै नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायकहरूबीच चलिरहेको पोल भाडा विवाद तत्कालका लागि टुंगिएको छ ।

    छलफलपछि प्राधिकरणले सेवा प्रदायकहरुको तार काट्न नपाउने, मर्मतसम्भारमा अवरोध नगर्ने र सेवा प्रदायकहरुले कात्तिक ३० सम्ममा सम्झौता नवीकरण तथा आफूले प्रयोग गरेका विद्युतीय संरचनाहरुको विवरण स्वघोषणा गरेर प्राधिकरणलाई बुझाउने सम्झौता भएको सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए ।

    भाडा विवादबारे विस्तृतमा अध्ययन गर्न सञ्चार मन्त्रालयको सहसचिव संयोजक रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदलमा ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरुको प्रतिनिधित्व रहने सिंहले जानकारी दिए ।

    यो कार्यदललाई प्रतिवेदन बुझाउन मंसिर १५ गतेसम्म समय दिइएको छ । प्राधिकरणले सांकेतिक रुपमा कारबाही भन्दै शनिबार देशभरका केही दूरसञ्चार कम्पनीको लाइन काटेको थियो ।

    अत्यावश्यक वस्तुका रुपमा रहेको इन्टरनेट र सञ्चार सेवामा प्राधिकरणले अवरोध गरेको भन्दै त्यसको चर्को विरोधसमेत भएको छ । सर्वसाधारणको विरोधपछि प्राधिकरणले थप लाइन नकाट्ने निर्णय गरेको थियो ।

    इन्टरनेट, केबल टेलिभिजन तथा टेलिफोन सेवा अवरुद्ध भएपनि कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), फोरम फर डिजिटल इक्वालिटी (एफडीआई) लगायत संस्थाले त्यसको विरोध जनाएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया