• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्रीको गृहजिल्लामा कांग्रेसका कार्यकर्ताबीच कु’टाकु’ट

    1.6K
    SHARES


    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झ’डप भएको छ। कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच झ’डप भएको हो।

    कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेशन स्थगित गरिनुपर्ने माग राख्दै सभापति कर्ण मल्ल समूहद्वारा विगत ११ दिनदेखि अनशन थालिएको थियो। अनशनमा ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यत्रय केसी, कोइराला र घिमिरे आइतबार डडेल्धुरा पुगेका थिए ।

    सोमबार आयोजित कार्यक्रमलाई संस्थापन ९देउवा० पक्षले बिथोल्न खोज्दा झडप भएको बुझिएको छ । कार्यक्रममा देउवा पक्षले कालोझण्डा देखाउन खोज्दा कर्ण मल्ल पक्षले प्रतिकार गर्दा झ’डप भएको प्रहरीले जनाएको छ । झडपमा परी आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता घाइते भएका छन् ।

    प्रहरीले दुवै पक्षलाई तितरवितर पारेपछि अवस्था सामान्य रहेको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । उनकाअनुसार अनशन स्थलमा कार्यक्रम सकेर नेताहरु डडेल्धुराकै होटलमा बसेका छन् । यसैबीच डडेल्धुरामा वडा अधिवेशन पुनःगरिनु पर्ने र क्रियाशील सदस्यता वितरणमा छानविन हुनुपर्ने माग राख्दै विगत ११ दिनदेखि अनसनमा बसेका कांग्रेस नेताहरुले आइतबारदेखि अनसन स्थगित गरेका छन् ।

    केन्द्रबाट आएका डा। शशांक कोइरालालगायतका नेताले डडेल्धुराको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि अनशन स्थगित गरिएको कांग्रेस डडेल्धुराका उप सभापति करुणकर भट्टले बताए । यस्तै नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा शनिबार भएको नगर अधिवेशनको परिणाम आउने क्रम जारी छ ।

    पछिल्लो परिणामअनुसार गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाउँदा उनले १०९ मत प्राप्त गरी विजयी भए । उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल, सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भए। अधिकांश सदस्य लामा समूहबाटै निर्वाचित भएका छन् ।

    शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाए । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन्। सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भए । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भए।

    कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज (आइतबार) बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । उनले १३५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरेका थिए। यस्तै उपसभापतिद्वयमा नवराज अर्याल ९१२५० र जमुना तिमिल्सिना ९१२३०, सचिवद्वयमा राजु फुँयाल ९१२६० र शङ्कर तिमिल्सिना ९११७०,सहसचिवद्वयमा सरस्वती पौडेल ९११७० र अप्सरा खड्का ९११४०मत प्राप्त गरी विजय भएका छन् ।

    बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी १५५ मत प्राप्त निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेर पराजित भए। उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ ९१८१० र शम्भु कार्की ९१७००, सचिवद्वयमा विजेन्द्र श्रेष्ठ ९२०६०, विजेन्द्र पुडासैनी ९१७१०,सहसचिवद्वयमा कुमार खड्का ९१४५० र निर्मला आचार्य ९पौडेल० १२८ मतल्याई विजय भएका निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया