• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आफ्ना ल’डाकुको मोजमस्तीले तालिबानलाई तनाब, जारी गर्यो यस्तो कडा आदेश

    359
    SHARES


    काठमाडौं। तालिबानले अफगानिस्तानमा रहेका सर्वसाधारणको जीवनमा अंकुश लगाउने गरी कैयौं आदेश दिइरहेका बेला अहिले आफ्नै लडाकुको लागि पनि कडा आदेश जारी गरेको छ । रिपोर्टका अनुसार तालिबानले लडाकुहरुलाई पर्यटकीय स्थलमा गएर मोजमस्ती नगर्न र सेल्फी खिचेर सामाजिक संजालमा पोस्ट नगर्न चेतावनी जारी गरेको छ ।

    यस्तो गर्नु आफ्नो संगठनको छविको लागि घातक हुने संगठनले बताएको छ । वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार तालिबानी लडाकुहरु ड्युटीमा नभएका बेला हातमा बन्दुक बोकेर पिकनिक जान्छन् वा एम्युजमेन्ट पार्क घुम्न जान्छन् ।

    अफगानिस्तानका अन्य क्षेत्रबाट पनि कैयौं तालिबानी लडाकुहरु काबुल आइरहेका छन् र त्यहाँ रहेका पर्यटकीय स्थलहरुको मजा लिइरहेका छन् । तर, तालिबानको शीर्ष नेतृत्वलाई यो मन परिरहेको छैन । यही कारण तालिबानका रक्षा मन्त्री मोहम्मद याकुबले आफ्ना लडाकुको लागि कडा आदेश जारी गरेका छन् ।

    मोहम्मद याकुबले लडाकुहरुलाई जुन काम दिइएको छ त्यसैमा केन्द्रित हुन भनेका छन् । लडाकुहरुको यस्तो व्यवहारले तालिबानको छवि खराब गरिरहेको भन्दै उनले यसो नगर्न भनेका छन् । तालिबानको अहिलेको प्रतिष्ठा सयौं सहिदको बलिदानबाट प्राप्त भएको भन्दै उनले यसलाई खराब नगर्न भनेका छन् । उनले खासगरी सेल्फी लिएर सामाजिक संजालमा पोस्ट गर्ने लडाकुलाई चेतावनी दिएका छन् ।

    त्यस्तै अमेरिकाका लागि चीनका नयाँ राजदूत चीन गाङले संचार र संवादमार्फत् अमेरिका र चीनबीच जारी मतभेद अन्त्य गरिनुपर्ने बताएका छन्। उनका अनुसार यदी अमेरिका र चीनबीच द्वन्द्व भयो भने दुवैको हार हुनेछ, कसैले जित्नेछैन।

    विगत केही वर्षदेखि निरन्तर रुपमा जारी रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुल्झाउन निरन्तर संचार र संवादको आह्वान उनले गरेका हुन्। दुई महिना अगाडि मात्र अमेरिका पुगेका गाङले चीनले अमेरिका र अमेरिकाले चीनलाई चिन्न थप प्रयास आवश्यक रहेको सीजीटीएनसँग बताएका हुन्। वर्तमान चीन–अमेरिका सम्बन्ध कठिन अवधिबाट गुज्रिरहेको छ’ उनले भनेका छन्,‘मिलेर बस्ने नयाँ बाटो खोज्नुपर्छ।’

    चीनले अमेरिका विरोधी देशहरुसँग राम्रो सम्बन्ध विस्तार गरिरहेको अवस्था छ भने अमेरिकाले चीन घेर्ने संगठन खडा गरिरहेको अवस्था छ। उनीहरु अप्रत्यक्ष शितयुद्धमा होमिएका छन्। उनीहरुबीच व्यापार, प्रविधि, विचारधारण, भूराजनीतिक विवाद छ जसले समाधानको बाटो लिएको छैन। यी दुई देशको टकराबले विश्वलाई नै घाटा पुग्ने देखिन्छ।

    यस्तै साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मा’रिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।

    सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा पु¥याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया