• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    देउवाको गृहजिल्ला डडेल्धुरासहित ११ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ?

    646
    SHARES


    काठमाडाैं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरासहित ११ जिल्लाका सीडीओ हेरफेर गरेको छ । गृहले हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।

    टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ ।

    मन्त्रालयले सहसचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम ७ महिना पनि नपुग्दै गृह मन्त्रालय तानिएका छन् ।

    त्यस्तै, लमजुङमा सुशिल वैद्य, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेल, डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाल गृह मन्त्रालय तानिएका छन् ।

    यस्तै, गृहले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ