• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    यति ठुलो काण्डमा मुछिए अभिनेता शाहरुख खानका छोरा आर्यन, के भन्छन र शाहरुख प्रहरी ?

    708
    SHARES


    काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएका छन्। इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने क्रममा बलिउड अभिनेता खान पुत्र आर्यन पनि कारवाहीमा परेका हुन्।

    भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागूपदार्थ प्रयोगको सूचना पाएपछि एनसीबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए। कारवाहीमा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँग एनबिसीले सोधपुछ गरिरहेको बलिउड हंगामाले लेखेको छ।

    छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका मुम्बईबाट गोवा प्रस्थान गरेको थियो। जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरु सवार रहेको जनाइएको छ। तिनैमध्ये एक आर्यन पनि थिए। आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन। तर उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएको बताइएको छ।

    यसैबीच तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका छन्। उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन्। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समन्थाले केही दिनमै सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी हुन्।

    उनले शनिबार पोस्ट गर्दै भनेकी छन्,‘हामी चाँडै नै अलग हुँदैछौं। मैले धेरै सोच विचार गरेर नै आफ्नो बाटो लाग्नको लागि पति र पत्नीको रूपमा अलग हुने फैसला गरेको छु। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ।’

    उनले थपिन्,‘हामी शुभचिन्तक, प्रशंसक र मिडियालाई हाम्रो यो कठिन समयमा साथ र सहयोग गर्न अनुरोध गर्न चाहन्छौं।’

    ‘यो दम्पतीको सम्बन्ध बचाउन दुवैतिरको परिवारले धेरै प्रयास गरे, तर सबै असफल भयो,’ तेलुगू फिल्म क्षेत्रका स्रोतले भनेका छन्, ‘सामन्थासँगै बसेको घर छोडेर नागा आफ्नो बुबाआमासँग बस्न गएका छन्।’ ‘द फ्यामली म्यान’ले पाएको सफलतासँगै सामन्थाको अभिनयलाई लिएर धेरै प्रशंसा भएको थियो।

    बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन्। यता नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन्। योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।

    यही फरक चाहनाको कारण सामन्था र नागाबिच मनमुटाव भएको उनीहरुको भित्री स्रोतले जनाएको छ। सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्योबेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए।

    उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।

    तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि सामन्था र नागा केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया