• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति सुदुरपश्चिम

    देउवाको गृह जिल्लामा लफडा- भेला सम्बोधन गर्न पुगे पौडेल पक्षका नेताहरू

    425
    SHARES


    काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन विवादमा परेको छ।

    गत भदौ २५ गते जिल्ला सभापति कर्णबहादुर मल्ललगायत सहभागी नभई गरिएको अधिवेशन विवादित बनेको हो। क्रियाशील सदस्यता विवाद नमिलाई सभापति देउवा पक्षले वडा अधिवेशन गरेको थियो।

    वडा अधिवेशन फेरि गर्नुपर्ने मागसहित रिले अनसन पार्टी कार्यालयमा जारी छ। आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू डडेल्धुरा जाँदैछन्। पौडेलले पनि विज्ञप्ति निकालेर डडेल्धुरा कांग्रेसले गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य शेखर कोइराला, गुरूराज घिमिरेलगायत नेता धनगढी पुगिसकेका छन्। उक्त टोलीमा नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, कांग्रेस नेता गोविन्दराज पोखरेललगायत पनि छन्।

    आज दिउँसो १ बजे डडेल्धुरा बसपार्कमा आयोजित भेलालाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। करिब तीन सय क्रियाशील सदस्यता हटाएर नयाँ राखेपछि डडेल्धुरा कांग्रेसमा विवाद छ।

    यता नेपाली कांग्रेसको कागेश्वरी मनोहरा नगर अधिवेशनबाट सभापति पदमा उद्धव दाहाल विजयी भएका छन्। सभापति विजयी भएका दाहाल सभापति शेरबहादुर देउवानिकट हुन्।

    उनले सभापतिमा उम्मेदवार मिठ्ठाराम दाहाललाई हराएका हुन्। उद्धवले १५१ मत ल्याएर विजयी भए भने मिठ्ठारामले जम्मा १३८ मत ल्याएका थिए। शनिबार यहाँ अधिवेशन भएको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ