• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    विश्वभर काेराेना- २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ हजार ६८२ जनाको मृत्यु

    241
    SHARES


    काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ७१३ जना कोरोना संक्रमित थपिएका छन् ।

    सबैभन्दा धेरै अमेरिकामा ४६ हजार ४८२, बेलायतमा ३० हजार ३०१, टर्कीमा २७ हजार ९७३, रुसमा २५ हजार २१९, भारतमा २३ हजार १६१ र ब्राजिलमा १३ हजार ४६६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या विश्वभर २३ करोड ५३ लाख ९४ हजार ५२६ पुगेको छ ।

    तीमध्ये अहिलेसम्म २१ करोड २२ लाख ३ हजार ९३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक लाख एक हजार ४६५ जना कोरोनामुक्त भएका छन् ।

    यसैगरी बेलायतमा २१ हजार भारतमा २५ हजार टर्कीमा २२ हजार रुसमा १७ हजार र ब्राजिलमा ३ हजार बढी संक्रमणमुक्त भएका छन् । यही अवधिमा ५ हजार ६८२ जना संक्रमतिको मृत्यु भएको छ । मृत्युहुनेमा सबैभन्दा धेरै रुसका ८६६ जना छन् ।

    त्यस्तै अमेरिकामा ६९०, ब्राजिलमा ४५७, भारतमा २४१, टर्कीमा २०३ र बेलायतमा १२१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४८ लाख १० हजार ८४८ पुगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ