• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास लिने घोषणा

    1.4K
    SHARES


    काठमाडौँ । राष्ट्रपतिले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। सन् २०१६ मा निर्वाचित भएका डुटेर्टे ६ वर्षे कार्यकाल सकिनै लाग्दा सन्यासको घोषणा गरेका हुन्। आफ्नो कार्यकाल सकिएपछि डुटेर्टे राजनीतिबाट रिटायर्ड हुनेछन्।

    डुटेर्टेले यसअघि अगस्टमा आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने बताएका थिए। सन् २०१६ मा फिलिपिनी डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति निर्वाचित डुटेर्टेको कार्यकाल सन् २०२२ सम्म रहेको छ। मनिलामा उनको उम्मेदवारीको अपेक्षा गरिएको बेला अप्रत्याशित रुपमा सन्यास लिने घोषणा गरेका हुन्।

    आफ्नो कार्यकालमा रोड्रिगो लागु औषधविरुद्धको अभियानका कारण चर्चामा आएका थिए। उनको कार्यकालमा यस अभियानलाई ‘कोल्ड ड्रग वार’को संज्ञा दिइएको थियो।

    यस अभियानअन्तर्गत ८ हजारभन्दा बढी मानिस मारिएको तथ्यांक छ। डुटेर्टेले नियतवश धेरै निर्दोष व्यक्तिको पनि हत्या गरेको आरोपमा अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले फौजदारी अभियोगसमेत लगाएको छ।

    फिलिपिन्सको संविधान विपरीत हुने भएकाले उपराष्ट्रपतिको दौडबाट डुटेर्टे पछि हटेको बताइन्छ। अब उनकी छोरी सारा डुटेर्टे कार्पियो राष्ट्रपतिको उम्मेद्वार बन्ने आँकलन गरिएको छ। कार्पियो हाल फिलिपिन्सको साउथर्न सिटी दबाबकी मेयर छिन्। उता सिनेटर म्यानी प्याकियो जो चर्चित बक्सर हुने उनले पनि राष्ट्रपतिमा लड्ने घोषणा गरिसकेका छन्। बीबीसी

    यस्तै यता ३८ चिनियाँ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले दाबी गरेको छ । परमाणु बम खसाल्ने क्षमता भएका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको यो घटना अहिलेसम्कै ठूलो ‘घुसपैठ’ भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

    योसँगै उक्त क्षेत्रमा तनाव बढ्ने सक्ने देखिएको छ । सम्भावित आक्रमणलाई ध्यानमा राखेर ताइवानले पनि आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली तैनाथ गरेको बीबीसीले जनाएको छ । चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ ।

    त्यस्तै उता कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

    विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ ।

    कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरु सार्वजनिक भएका छन् ।

    मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् ।संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारहरू मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ