• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    देउवालाई विप्लवको प्रश्न- नेकपासँग लड्ने की सिमानामा हस्तक्षेप गर्ने एसएसबीसँग लड्ने ?

    6.7K
    SHARES


    काठमाडाैं । नेपला कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी नेकपासँग लड्ने कि देशमाथि हस्तक्षेप गर्ने बाह्य शक्तिसंग लड्ने हो ? भन्दै प्रधानमन्त्री शेर बहादुर देऊवालाई प्रश्न गरेका छन् ।

    पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उद्घाटन सत्रलाई बनेपामा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो प्रश्न गरेका हुन् । तीन बुँदे सहमति लागु गर्नुको साँटो झन् उल्टै नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको भन्दै उनले आपत्ति जनाए ।

    राज्यले सहमति पालना नगरेका कारण आफ्ना नेता कार्यकताहरुले जेल बस्नु परेको भन्दै उनले प्रधानमन्त्री देउवाले सबैलाई तत्काल छोड्नुपर्ने बताए । साथै स्वाधीनताको रक्षाका लागि जनतासँग उभिने पार्टीसँग लड्ने कि देशमाथि हस्तक्षेप गर्न खोज्ने बिदेसी दलालहरुसंग लड्ने ? भन्दै प्रश्न गरे । ‘शेरबहादुर देउवाजीले यो कुरा राम्रोसंग बुझ्नु पर्छ- नेकपाका कार्यकर्तासंग लड्ने हो कि सिमानामा एसएसबीसँग लड्ने हो तपाई ?’ उनले सोधे- ‘महाकाली नदीमा तुइन  काट्ने बिदेसीसँग लड्ने हो कि तपाई नेपाल देशको लागि लड्छु भन्ने पार्टीसंग लड्ने हो ?

    महासचिव विप्लवले सहमति पालना नगरेर त्यतिक्कै गलाउन र लतार्न खोज्न चाहेको भए त्यस्तो दिवासपना नदेख्न सरकार पक्षलाई चेतावनी दिएका छन् । आफुहरुले तीनबुँदे सहमति इमान्दारिताका साथ लागु गरेको तर केपी ओलीलाई पनि लागु गर्न अनुरोध गरेको स्मरण गर्दै उनले भने -‘तर केपीजीले छल्नुभयो । झुक्याउनु खोज्नुभयो ।’

    नेकपा जनतामा स्थापित भएर आउने डरले ओलीले सहमति कार्यान्यवन नगरेको विप्लवको दावी छ । ‘तीन बुँदे सबै लागु गरेर यिनका सबै नेता कार्यकर्तालाई छोडिदिने हो भने मुद्दा खारेज गरिदिने हो भने यिनीहरु जनतामा पुग्छन, पुरै जनतामा स्थापित हुन्छन र सबैलाई परास्त गर्दै आउछन भन्ने सायद उहाँलाई भ्रम पर्यो ।’ उनले अगाडी थपे- ‘त्यसैले उहाँले त्यो सहमतिलाई लागु गर्न सक्नु भएन ।’

    जयसिंह धामीजस्ता यूवाहरुलाई सिमानामा मार्न पाइदैन भन्नु किमार्थ गलत नहुने उनको भनाइ छ । उनले जनतालाई सोधे- ‘जयसिंहको रक्षा गर्नुपर्छ, नेपाली भूमि दार्चुला, कन्चनपुर्, धनुषा, झापा, माने भन्ज्यांङ र सुस्ताको रक्षा गर्नुपर्छ भन्ने मान्छे देशको बिरुद्धमा हुन्छ कि कुर्सीको लागि विदेसी मालिकको अगाडी देश बेचेर खाने आजका सत्तासिनहरु ? को हुन्छ देशको बिरुद्धमा ?’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया