• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    फेरि बढेर अहिलेसम्मकै महंगो भयो पेट्रोलको मूल्य, अब लिटरलाई कति पर्छ ?

    595
    SHARES


    काठमाडौँ । भारतमा पेट्रोलको मूल्य घट्ने अवस्थामा देखिएको छैन। दिल्लीमा पेट्रोलको मूल्य हालसम्मै महँगो भएको बीबीसीहिन्दीले जनाएको छ। दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य १०२.१४ भारु पुगेको छ भने मुम्बईमा हाल १०८.१९ भारुमा प्रतिलिटर पेट्रोल विक्री भइरहेको छ।

    शनिबार भारतमा पेट्रोलेको मूल्य २५ पैसाले बढेको हो भने डिजेलको मूल्य ३० पैसाले बढेको हो। गतहप्ता चार पटक पेट्रोलको भाउ बढ्दा प्रतिलिटर भाउ सयभन्दा माथि पुगेको छ।

    विश्वमा इन्धन उत्पादन प्रभावित हुँदा पेट्रोल तथा डिजेलको भाउ बढेको हो। नेपाल आयल निगमका अनुसार भारतमा एक लिटर प्रेट्रोल १६८.४५ रुपैयाँमा विक्री भइरहेको छ भने नेपालमा १२८.५० ले विक्री भइरहेको छ। यसको अर्थ नेपालीले भारतीयले भन्दा प्रतिलिटर पेट्रोलमा ४० रुपैयाँ कम तिनुपर्छ।

    त्यस्तै भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

    यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ सङ्क्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् ।

    यो सङ्ख्या १९६ दिनपछिकै सबैभन्दा कम हो । पछिल्लो एक दिनमा २८ हजार २४६ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमित भएकाको सङ्ख्या थोरै भएकाले सङ्क्रीय सङ्क्रमितको सङ्ख्या कम हँुदै आएको हो ।

    भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ