• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    साफ च्याम्पियनसिप- मनिसको गोलमा नेपालको विजयी सुरुआत

    180
    SHARES


    काठमाडौं । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ ।

    शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको हो ।

    ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले केही उत्कृष्ट बचाउ गर्दा माल्दिभ्स गोल गर्नबाट बन्चित बनेको थियो ।

    साविक विजेता तथा घरेलु टोलीविरुद्ध जितपछि नेपालले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध आठ खेल खेल्दा पहिलो जित हात पारेको हो ।

    यसअघिका सात खेलमा नेपालले दुई खेल बराबरी गर्न सफल हुँदा पाँच खेलमा हार बेहोरेको थियो । सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्सँग ३-० ले पराजित भएको थियो ।

    नेपालले त्यस हारको बदलासमेत लिएको छ । पाँच टिम सहभागी साफमा नेपालले अब दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया