• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    एमसीसीकी उपाधक्ष्य फतिमाले नेपालबारे गरिन यस्तो ‘ब्रिफिङ’

    702
    SHARES


    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे बोर्डलाई जानकारी गराएकी छिन ।

    एमसीसी बोर्डका अध्यक्ष तथा विदेशमन्त्री एन्टोनी ब्लिन्केनको नेतृत्वमा बुधबार वासिङ्टन डीसीमा भएको बोर्ड बैठकमा सुमारले नेपालको स्थितिबारे ब्रिफिङ गरेकी हुन् । सम्झौताकै विषयमा उपाध्यक्ष सुमारले गत भदौ २४ देखि २७ गतेसम्म नेपाल भ्रमण गरेकी थिइन् ।

    भ्रमणका दौरानमा उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

    उनले केही सांसदहरूसहित निजी क्षेत्रका विभिन्न व्यक्तिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार वर्षअघि भएको एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुन नसक्दा कार्यान्वयन सुरु भएको छैन । नेपालमा एमसीसी सम्झौतालाई लिएर सत्ता गठबन्धन र अन्य दलबीचमा फरक–फरक मत रहेको छ ।

    नेपालको गरिबी निवारणमा एमसीसीबाट प्राप्त हुने ५ सय मिलियन डलर अनुदानले ठूलो सहयोग गर्ने सुमारले नेपाल भ्रमणको दौरानमा बताएकी थिइन् । एमसीसी सम्झौता नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि गरिएको हो ।

    नेपाल भ्रमणका क्रममा उनले भनेकी थिइन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समयसीमा नरहेको पनि उल्लेख गरेकी थिइन् ।

    त्यस्तै तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) दिलिप रेग्मीलाई बर्खास्त गर्‍यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो।

    विशेष सेवा नियमावली, २०४४ लाई संशोधन गर्दै सरकारले मुख्य अनुसन्धान निर्देशकको पदावधि एक वर्ष घटाएर उनलाई हटाएको थियो। ओली सरकारले रेग्मीलाई बर्खास्त गर्नुको कारण खुलाएन। तर, विभिन्न तीन कारणले उनी बर्खास्त भएको जानकार स्रोतहरु बताउँछन्।

    पहिलो, रेग्मीको राजनीतिक निकटता नेपाली कांग्रेससँग रहेको मानिन्थ्यो। त्यही निकटतालाई भजाएर आफूभन्दा वरिष्ठलाई पछि पार्दै उनी गुप्तचर प्रमुखमा बढुवा भएका थिए। कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४ गते रेग्मीलाई गुप्तचर प्रमुखमा बढुवा गरेको थियो।

    उनी बर्खास्तमा पर्नुको अर्को कारण हो, तत्कालीन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ९एआइजी० तथा वर्तमान गुप्तचर प्रमुख गणेश अधिकारी। रेग्मीलाई ओली सरकारले बर्खास्त गरेका बेला अधिकारीको एआइजीको कार्यकाल एक महिना मात्रै बाँकी थियो। त्यसैले उनी अनिवार्य अवकाशमा जाँदै थिए। एमालेनिकट मानिएका अधिकारीलाई गुप्तचर प्रमुख बनाउने ओलीको योजनाअनुसार नै त्यसबेला रेग्मीलाई बर्खास्त गरिएको जानकारहरु बताउँछन्।

    लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएका बेला रेग्मीले नेताहरुका सूचना अख्तियारलाई दिने गरेको आरोप पनि उनी बर्खास्तीको एउटा कारण थियो। यसरी एमाले निकट र ओलीको विश्वासपात्र भएकै कारण अप्रत्याशित रुपमा गुप्तचर प्रमुख बनेका अधिकारीले ओली सरकारमा नहुँदा पनि उनलाई ुगुण लगाइरहेकोु उच्च सुरक्षा स्रोतहरु बताउँछन्।

    अधिकारीको यही ‘कनेक्सन’कै कारण सरकारका लागि गुप्तचरी गुनपर्ने निकाय अहिले ‘सरकारकै गुप्तचरी’ गर्दै सूचना ओलीनिवास बालकोटसम्म पुर्‍याउन सक्रिय रहेको जानकारी उच्च स्रोतले दिएको छ। सरकारका सूचनादेखि विभिन्न भेटघाट र प्रधानमन्त्री निवास बालुवाटारसम्मका सूचना गुप्तचरी निकायमार्फत् अहिले बालकोट पुग्ने गरेको स्रोतले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ