• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    एमाले नेता कार्यकर्ता निरास पार्दै बालकोटबाट आयो दुःखद खवर, ओलीलाई एक्कासी फेरी के भयो ?

    748
    SHARES


    काठमाडौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरी विरामी परेका छन् । उनको घरमै उपचार भइरहेको छ । ओली हिजो आफ्नै कार्यक्रममा अकस्मात बिरामी परेका हुन् ।

    अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका ओलीलाई लगातार खोकी लागेको छ ।ओलीको रत्तसंचार पनि अनियमित भएको बालकोट श्रोतको भनाई छ । उनलाई चिकित्सले अस्पताल भर्ना गर्न सल्लाह दिएको भएपनि ओलीले मानेका छैनन् ।

    ‘सामान्य रुघाखोकी हो, केही समयमा निको हुन्छ’ भन्दै ओली टारिरहेका छन् । राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला आकस्मात स्वास्थ्यमा समस्या देखिएको थियो । राजनीतिक प्रतिवेदन पेश गरिरहेकै बेला रुघाखोकी लागेपछि ओली हलबाट बाहिरिएका थिए । स्रोतका अनुसार उनी त्यहाबाट सिधैं निजीनिवास बालकोट पुगेर आराम गरिरहेका छन् ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना आज ४ दिन भएको छ । स्वास्थ्यमा समस्या आएपछि त्रि.वि शिक्षण अस्पताल भर्ना भएका नेपालको स्वास्थ्य अवस्था स्थीर छ । उनी अतिकति बोल्न सक्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

    बुधवार साँझ अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा अलिकति मात्र सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।

    अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए ।

    अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ । उता नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त)को थाइल्याण्डमा उपचार भइरहेको छ ।

    बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ । जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ । उनको कलेजोमा वंशानुगत समस्या छ । कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन् ।

    पुन केही समयदेखि बिरामी छन्। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताए छन् । चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको पुनको सचिवालयले जनाएको छ। नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्डमै छिन् ।

    पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए। हरेक बर्ष फ्लोअपका लागि थाइल्याण्ड जान पर्ने भएपनि कोभिडका कारण उनी फ्लोअपका लागि जान सकेका थिएनन् ।

    फ्लोअप नहुँदा स्वास्थ्यमा थप समस्या देखिएको डाक्टरहरुको भनाई उदृढ गर्दै उनको सचिवालयले जनाएको छ । उपचार निकै जटिल भएको बुझिएको छ । उनको स्वास्थ्य अवस्थालाई लिएर नेकपा माओवादी केन्द्रका नेता तथा कार्यक्रर्तामा निरासा छाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ