• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    बिहे गरिसकेपछि थाहा भयो, श्रीमती त पो’र्नस्टार रहिछन्

    680
    SHARES


    काठमाडौं। एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए ती युवती त चर्चित पोर्नस्टार थिइन् ।

    यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका युवकसँग बिहे गरेकी थिइन् । इफोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको एक्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।

    एमीले ‘ब्राण्डी ब्रेवर’ नाम प्रयोग गरेर कैयौं एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् । उनको यस्तो एक्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुँदा नै भएको थियो । एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले द सन वेबसाइटसँग भने ‘उनलाई यही हप्ता मात्र एमीको वृष्ठभूमिबारे थाहा भएको छ । उनी पहिले यो कुरा थाहा पाउनबाट चुके । अब उनको चिार ‘हामी सबैको एक अतीत हुन्छ’ भन्ने छ ।’

    एमीकी एक मित्रले द सनसँग कुरा गर्दै भने ‘एमी एक पोर्नस्टार थिइन् र सधैं सोच्थिन् कि उनका एक्स रेटेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ? तर, अब यो सबै पछाडि छुटिसकेको छ ।’ उनले अगाडि भने ‘यो त्यस किसिमको कुरा होइन जसलाई तपाइँ आफ्नो नयाँ साथीसँग शेयर गर्नुहुन्छ । यस्तोमा उनका पतिलाई एक्लै छोडिदिनुस् ।’

    त्यस्तै मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।

    ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् ।

    उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

    युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए । प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया