• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दै एक्कासी ओलीलाई के भयो ? पुरा हुन सकेन भाषण

    0.9K
    SHARES


    नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् । सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए ।

    लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् । यसअघि केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् ।

    शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।

    ‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए, जसले ७४ पछि मेरो नेतृत्वको असफल बनाउन उसैगरी घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे’, सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।

    ‘आफैले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेश गरियो । यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो’, ओलीको भनाई छ ।

    ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

    उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले आफुहरु एमालेमा नै क्रियाशील हुनुपरेको बताए । उनले नेकपा विभाजन भएपनि एमालेले नेकपाको विरासत बोकेको बताए ।

    यस्तै नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ ।

    यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । यद्यपि यसलाई ७ बनाउनुपर्नेमा नेताहरुको जोड थियो । यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।

    सचिवको संख्या ७ वटा घटाएर ६ मा झारिएको छ । नयाँ प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने ।’ साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया