• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    काठमाडौँमा यस्ता गतिविधि गर्न रोक

    353
    SHARES


    काठमाडौँ । काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ ।

    प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ ।साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ ।

    यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ । उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । त्यस्तै सरकारले नेपालमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने घोषणा हालै गरेको छ।

    विगतमा कोरोनाभाइरस विरुद्धको खोपका सम्बन्धमा उमेर समूहका हिसाबले विभिन्न अनुमान वा आशङ्काहरू पनि सार्वजनिक रूपमा व्यक्त हुने गरेका थिए। त्यसमा मुख्यतया खोपहरूको प्रभावकारिता र त्यसबाट हुने ‘साइड इफेक्ट’ अर्थात् सामान्य असरहरूका बारेका जिज्ञासा पर्दछन्। खोपहरू अर्थात् भ्याक्सिनहरूले मानिसहरूलाई कोभिड १९ बाट मृत्यु हुन नदिन वा गम्भीर बिरामी पर्नबाट जोगाउँछ।

    मानिसहरूलाई कोभिड गराउने कोरोनाभाइरसको सङ्क्रमण हुनै नदिन, हल्का लक्षणहरू समेत नदेखिने बनाउन र अरूलाई सार्नबाट रोक्न भने तिनीहरू कम प्रभावकारी देखिएका छन्। तर वैज्ञानिकहरूका अनुसार खोपहरूको प्रभावकारिता ती खोपले कोरोनाइभाइरसको कुन भेरिअन्ट वा प्रकारविरुद्ध कसरी राम्रोसँग काम गर्न सक्छन् भन्नेमा पनि निर्भर रहन्छ।

    नेपालसहित यूके लगायतका देशमा हाल कोरोनाभाइरसको डेल्टा भेरिअन्टको प्रकोप चर्को रहेको अध्ययनहरूले देखाएका छन्। इङ्गल्यान्डमा गरिएका अध्ययनहरूले सुझाए अनुसार खोपका दुई मात्रा लगाउँदा त्यसबाट ८० प्रतिशत मानिसहरूलाई डेल्टा भेरिअन्टका लक्षणहरूबाट सुरक्षा प्राप्त भएको छ।

    त्यो अल्फा भेरिअन्टको दाँजोमा केही कम हो। दुई मात्रा खोपले अल्फा भेरिअन्टविरुद्ध दिने सुरक्षा ८९ प्रतिशत रहेको पाइएको छ। अध्ययनहरू गरेको यूकेको एक स्वास्थ्य निकाय पब्लिक हेल्थ इङ्गल्यान्डले पत्ता लगाए अनुसार: कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु पर्ने गरी विसञ्चो हुनबाट रोख्न खोपहरू ९६ प्रतिशतसम्म सक्षम छन् र खोप नलगाएकाहरूभन्दा दुई मात्रा कोभिड खोप लगाएकाहरूमा कोरोनाभाइरसका कारण हुने मृत्युको घटना चार गुणाले कम देखिएको छ।

    कोभिडबाट आफूलाई सुरक्षित राख्न दुई मात्रा खोप लगाउनु नै सबैभन्दा उत्तम उपाय रहेको देखिएको छ। यूकेमा आस्ट्राजेनेका र फाइजर अनि मोडेर्ना खोप दिने गरिएको छ। नेपालमा सरकारी विवरणहरू अनुसार हालसम्म आस्ट्राजेनेका, भेरोसेल र ज्यानसेन खोपको प्रयोग भएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ