• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बर्षमान पुनकाे स्वास्थ्य अवस्थाबारे थाइल्याण्डबाट आयो यस्ताे खबर, माओवादी कार्यकर्ता दुखी

    823
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त)बारे दुःखद खवर । उनको थाइल्याण्डमा उपचार भइरहेको छ । बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ ।

    जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ । उनको कलेजोमा वंशानुगत समस्या छ । कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन् ।

    पुन केही समयदेखि बिरामी छन्। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताए छन् ।

    चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको पुनको सचिवालयले जनाएको छ। नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्डमै छिन् ।

    पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए। हरेक बर्ष फ्लोअपका लागि थाइल्याण्ड जान पर्ने भएपनि कोभिडका कारण उनी फ्लोअपका लागि जान सकेका थिएनन् ।

    फ्लोअप नहुँदा स्वास्थ्यमा थप समस्या देखिएको डाक्टरहरुको भनाई उदृढ गर्दै उनको सचिवालयले जनाएको छ । उपचार निकै जटिल भएको बुझिएको छ । उनको स्वास्थ्य अवस्थालाई लिएर नेकपा माओवादी केन्द्रका नेता तथा कार्यक्रर्तामा निरासा छाएको छ । नेपालमा उपचार सम्भव नभएपछि थाइल्याण्ड गएका पुनबारे कार्यकर्ता चिन्तित भएका हुन् ।

    यता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा हुनुहुन्छ ।

    अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

    वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ