• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुस र अमेरिकाबीच जेनिभामा गोप्य वार्ता

    1K
    SHARES


    काठमाडौँ । रुसी र अमेरिकी कुटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।

    अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभ बीच नियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो। संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० (0800 GMT) को आसपास शुरू भएको थियो।

    विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनटनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

    स्वीस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुबै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धि मत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ। रुसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाईको अन्त्यमा अमेरिकाद्वारा आयोजित हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो ।

    गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए। तत्कालीन शीतयुद्धको चरम अवस्थामा पनि मस्को र वाशिङ्टन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए।

    यस्तै यता उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएको छ । उनको ताजा बयान उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला आएको छ । उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो ।

    संसद सत्रका बेला किम जोङ– उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रतिच आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।

    दक्षिण कोरियाप्रति उदार तर अमेरिकामाथि निशानाः
    सरकारी समाचार संस्था केसीएनएले किम जोङ–उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोक दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने आफ्नो सानो कदम हो । यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिका नै विस्तार हो ।’

    यद्यपि, किम जोङ–उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्ताव बढेको देखिएको छ । केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ–उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । तर दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थिति झैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया