• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माधव नेपालको स्वास्थ्य अवस्थाबारे आयो यस्तो जानकारी

    810
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा हुनुहुन्छ ।

    अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेको  पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

    यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बाेलाएको सत्तारुढ गठबन्धनको बैठक अनिश्चित भएकाे छ । बालुवाटारमा आज बस्ने बैठकमा कसले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइएकाे थियो । तर माधव नेपाल विरामी परेपछि बैठक नै अनिश्चित भएको हो ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बैठक बस्ने भनिए नेपाल बिरामी भएकाले समय तय भइनसकेको बताए । खबरहबसँग उनले भने, ‘बैठक बस्ने भन्नेछ तर कतिबेला भन्ने फिक्स छैन, माधव नेपाल बिरामी भएकाले अनिश्चित जस्तै छ ।’

    यस्तै समाजवादी पार्टीका नेता विरोध खतिवडाले पनि पार्टी अध्यक्ष नेपाल उपस्थित नहुने भएपछि बैठक नहुने बताएका छन् । तथापि प्रतिनिधि पठाएर बैठक राख्नेबारे छलफल भइरहेको उनले बताए ।

    देउवाले हिजाे (बुधबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए ।

    देउवाले मन्त्री हुनेको नाम मागेपछि प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरेर दिने बताएका थिए । लगत्तै बालुवाटारबाट पार्टी कार्यालय पुगेका प्रचण्डले हिजो दिउँसो पार्टीको बैठकमा बिहीबार गठबन्धनको बैठक बस्ने र शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने ब्रिफिङ गरेका थिए ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको छ । यसबीचमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय लिने सहमति भइसकेको छ ।

    सरकार गठनको ८० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनमा रहेका चार दलबीच मन्त्रिपरिषद् विस्तारबारे ठोस् सहमति हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो ।

    सुरुमा माओवादी केन्द्र र कांग्रेसका २–२ जना गरी ४ मन्त्री बनाएका देउवाले दुई सातापछि एक जना राज्यमन्त्री र साढे २ महिनापछि परराष्टमन्त्री नियुक्त गरेका थिए। हालसम्म जनता समाजवादी पार्टी जसपा र माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी सरकारमा सामेल भइसकेको छैन । यसबीचमा थुप्रै पटक सत्तारुढ गठबन्धनको बैठक बसे पनि यो विषय टुंगो लाग्न सकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया