• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बुद्ध एयरको विमान सकुशल अवतरण गराउने पायलट शेर्पालाई विमान उडाउन रोक, यस्तो छ कारण

    530
    SHARES


    काठमाडौँ । ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् ।

    गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौँमा अवतरण गरेको थियो ।

    सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्तकाल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ ।

    विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबनि हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन् । उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन् । अहिलेलाई उनको पायलट लाइसेन्स स्थगित गरिएको छ ।

    ७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो । तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौँमा नर्मल अवतरण गरिँदा ठूलो दुर्घटना टरेको थियो । त्यसपछि क्याप्टेन शेर्पाको सबैतिरबाट प्रशंसा भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया