• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनलाई नै काउन्टर दिन ताइवानले चाल्यो यस्तो कदम

    722
    SHARES


    काठमाडौँ । ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले चीनको आक्रामकताविरुद्ध ताइवान हरेक समय तयार हुनुपर्ने बताएका छन्। उनका अनुसार चीनले ताइवानमा आक्रमण गर्ने प्रविधि र प्रणाली तिव्र रुपमा विकास गरिरहेकाले ताइवानले लामो दुरीमा मार हान्नसक्ने क्षे’प्यास्त्र तथा अन्य ह’ति’यार तयारी अवस्थामा राख्नुपर्छ।

    केही समय अगाडि मात्र ताइवानले पाँच वर्षको अवधिमा अमेरिकाबाट ९ अर्ब अमेरिकी डलरको हतियार खरिद गर्ने प्रस्ताव गरेको छ। यसमा क्षे’प्यास्त्र लगायत अन्य ह’ति’यार प्राप्त गर्ने भनिएको छ।

    प्रस्तावमा समुद्री सिमानामा चीनबाट गम्भीर खतरा बढेको उल्लेख गरिएको छ। उनले सोमबार अमेरिकाबाट प्राप्त हुने हतियार लामो दुरीसम्म प्रयोग गर्न मिल्ने, सटीक र बोक्न मिल्ने हुने बताएका छन्। यस्ता हतियारले ताइवानका सेनालाई चाँडै तयार हुन मद्दत पुग्ने बताइएको छ।

    पछिल्ला दिनहरुमा चीनले ताइवान कब्जा गर्ने ढाँचाका युद्ध अभ्यासहरु गरिरहेका छन्। चीनका युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा बिना अनुमति घुस्ने गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान चीनको हिस्सा भएको र ताइवान चीनबाट अलग्याउन कसैले नसक्ने बताउने गर्दछन्।

    उनले ताइवान अलग्याउन चाहने शक्तिबाट खतरा भएको बताउँदै आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन भनेका छन्। ताइवानले भने आफू चीनको हिस्सा नभएको बताउँछ। झनै ताइवानले अमेरिकाबाट हतियार खरिद गरेर आफूविरुद्ध तैनाथ गर्ने भनेपछि चीन थप रुष्ट छ।

    त्यस्तै जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका गरेका छन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।

    नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्री समेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वाचित हुने अधिकारीहरुले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।

    सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लागेका छन् । नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षको भएका छन् ।

    उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उनी सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए । जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुवा समेत प्रतिनिधिसभाको सदस्य रहेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया