• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार

    322
    SHARES


    काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ। समूह ‘ई’ को खेलमा बार्सिलोनालाई पोर्चुगिज क्लब बेन्फिकाले ३-० गोलले पराजित गर्‍यो।

    बेन्फिकाका लागि नुनेजले दुई गोल गरे। उनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए। ७९ मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। त्यसअघि खेलको ६९ मिनेटमा फेरिइरा सिल्भाले बेन्फिकाको अग्रता दोब्बर पारेका थिए।

    यो समूहको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले ५-० को जित हात पारेको छ। वार्यनले युक्रेनको डाइनामो किभलाई फराकिलो अन्तरले पराजित गरेको हो।

    वायर्नको जितमा लेवान्डोस्कीले १२ मिनेटमा पेनाल्टी र २७ मिनेटमा गरी दुई गोल गरे। गिनर्बिले ६८, सानेले ७४ र चोउपो मोटिङले ८७ मिनेटमा थप गोल गर्दा वायर्नले फराकिलो अन्तरको जित हात पार्‍यो।

    समूहमा वार्यन ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक छ भने किभ १ अंकसहित तेस्रो स्थानमा छ। लगातार दुई खेलमा पराजित बार्सिलोनाले भने अंक जोड्न सकेको छैन।

    त्यस्तै युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हात पारेको छ। बुधबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोलले पराजित गर्‍यो।

    खेलको ५३ मिनेटमा अल्कासरको गोलबाट भिल्लारियलले अग्रता लिएको थियो। ६० मिनेटमा एलेक्स तेलेसले युनाइटेडका लागि बराबरी गोल गर्न सफल भए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए।

    दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा रोनाल्डोले गोल गर्दा युनाइटेडले रोमाञ्चक जित हात पार्‍यो। उनलाई गोल गर्न लिंगार्डले पास उपलब्ध गराएका थिए। समूह ‘एफ’ मा युनाइटेड दुई खेलबाट तीन अंक जोड्दै तेस्रो स्थानमा छ। शीर्ष स्थानको एटलान्टाको ४ अंक छ भने दोस्रो स्थानको योङ्ग ब्वाइजको तीन अंक रहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ