• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माओवादीनिकट अखिल क्रान्तिकारीको २२ औं सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

    498
    SHARES


    काठमाडाैं । नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ। नेपाल प्रज्ञा भवन कमलादीमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ।

    सम्मेलन असोज १६ गतेसम्म चल्नेछ। अहिले अखिल क्रान्तिकारीको अध्यक्ष रञ्जित तामाङ छन्। अब उनी पुन: यो पदमा नदोहोरिने भएका छन्। सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अहिलेका उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित ६ जना आगामी नेतृत्वका लागि आकांक्षी छन्।

    पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी र विजय गौतम अध्यक्षका लागि आकांक्षी छन्। सकेसम्म सहमति नभए चुनावमार्फत् नेतृत्व चयन गर्ने तयारी अखिल क्रान्तिकारीको छ।

    क्रान्तिकारीले भदौको १५ गते भित्रमा क्याम्पस सम्मेलन, इकाई सम्मेलन र पालिका सम्मेलन गरिसक्ने भन्दै भदौ २५ गतेभित्रमा देशभरका सम्पूर्ण जिल्लाहरुको भेला र भदौ २५ देखि असोज १ गते भित्रमा प्रदेशस्तरीय भेला सम्पन्न तालिका बनाएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया