• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    आईपीएल टी-ट्वान्टी क्रिकेटमा बैंगलोरले राजस्थानलाई हरायो

    606
    SHARES


    काठमाडौँ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई हराएको छ । दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो ।

    राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

    श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देबदत्त पड्डीकलले २२ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

    याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सन्जु सामसनले १९ रन बनाए । जितसँगै बैंगलोर ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ । राजस्थान ८ अंकसहित सातौं स्थानमा छ ।

    यस्तै उता च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ । युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको हो ।

    भिल्लारियलविरुद्धको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले २–१ को पुनरागमन जित निकालेको हो । युनाइटेडको जितमा एलेक्स टेलेस र क्रिष्टियानो रोनाल्डोले गोल गरे । भिल्लारियलका लागि पाको अल्कासरले गोल गरे ।

    रोनाल्डोको कीर्तिमान

    फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

    भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८औँ च्याम्पियन्स लिग खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् । रियल मड्रिडका पूर्वगोलकिपर इकरले १ सय ७७औँ च्याम्पियन्स लिग खेलेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया