• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जापानमा शक्तिशाली भूकम्पको धक्का

    1.1K
    SHARES


    काठमाडौँ । फेरि शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

    स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्। त्यस्तै जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् ।

    लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका गरेका छन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।

    नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्री समेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वाचित हुने अधिकारीहरुले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।

    सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लागेका छन् । नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षको भएका छन् ।

    उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उनी सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए । जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुवा समेत प्रतिनिधिसभाको सदस्य रहेका थिए ।

    त्यस्तै उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्र’हार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले आज बिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

    यसअघि दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो । जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक मिसाइल संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको मिसाइल भएको बताएका छन् । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले यस घटनामाथि अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ